काठमाडौं : सरकारले ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले हालै ल्याएको भ्रष्टाचारसम्बन्धी प्रतिवेदनलाई अस्वीकार गरेको छ। सरकारका प्रवक्ता एवम् सञ्‍चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सरकार र नेकपलाई बदनाम गर्ने नियतले ट्रान्सपरेन्सीले उक्त प्रतिवेदन ल्याएको भन्दै आपत्ति जनाएका हुन्।

‘ट्रान्सपरेन्सीले भ्रष्टचार न्यूनीकरणमा दिएको योगदानको प्रशंसा गर्छौँ, उसको प्रतिवेदनले भ्रष्टाचार घटाउन सहयोग पुर्‍याओस् भन्‍ने हामी चाहन्छौं’, उनले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा आइतवार भने, ‘उक्त संस्थाले सार्वजनिक गरेको प्रतिवेदन पूर्णत राजनीतिक पूर्वाग्रहद्वारा अभिप्रेरित छ। सरकार र सत्ताधारी दललाई बदनाम गर्ने गरी आएको यो प्रतिवेदनलाई नेपाल सरकार अस्वीकार गर्छ।’

सरकारले ट्रान्सपरेन्सी नेपालका अध्यक्ष खेमराज रेग्मीसहितको भूमिकामा पनि प्रश्‍न उठाएको छ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।