काठमाडौं । केहि दिनदेखि नेपाली बजारमा सुनको मूल्य निरन्तर ओरालो लागेको छ । आइतबार सुनको मूल्य ९० हजार ७ सय रुपैयाँमा कारोबार भएकोमा आज तोलामा ७ सय रुपैयााले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघकाअनुसार आज छापावाल सुनको भाउ प्रतितोला ९० हजार रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको मूल्य ८९ हजार ५५० निर्धारण गरिएको छ । त्यस्तै, आज चाँदीको भाउ पनि घटेकोको छ । आज चाँदीको मूल्य प्रतितोला ११ सय २० रुपैयाँ रहेको महासंघले जनाएको छ ।
Comments