अभिनेत्री श्वेता खड्का यहीँ मंसिरमा वैवाहिक जिवनमा बाँधिदैं

काठमाडौं । अभिनेत्री श्वेता खड्का अब चाँडै वैवाहिक जिवनमा बाधिने भएकी छन् । श्वेताले धनगढीका विजयेन्द्र सिंह रावतसँग यही मंसिरमा लगनगाँठो कस्न लागेकी हुन् । श्वेता र रावतको विवाहका बिषयमा छापिएको विवाह कार्ड सार्वजनिक भएसँगै उनीहरुबीच विवाह हुन लागेको खबर फैलिएको हो ।
उनले यहि मंसिर २२ अर्थात ७ डिसेम्बरमा बिवाह गर्न लागेकी हुन् । हुन त स्वेता र विजयेन्द्रको विवाहको बिषयमा केही महिनायता मिडियामा बिभिन्न समाचार छाउने गरेको थियो । तर, अभिनेत्री श्वेताले भने उक्त समचारमा खन्डन गर्दै आएकी थिइन् । यस अगाडि उनको बिवाह गत ५ मंसिरमा हुने हल्ला चलेको थियो । त्यतिबेला पनि उनले बिहे गर्ने खबर झुट भएको बताएकी थिइन् । स्वेताले अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह भएको थियो । बिहे भएको करिब एक महिनापछि श्रीकृष्णको निधन भएको थियो ।