ओली बिनै बसेकाे नेकपा बैठकलेे गर्याे तीन निर्णय

काठमाडाैं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद बढ्दाेे छ । बुधबार राखिएकाे सचिवालय बैठकमा दुई अध्यक्ष मध्ये प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली बैठकमै उपस्थित भएनन् । ओली बैठकमा आउने सुचना पाएपछि बैठक एक घण्टा पछाडी सारिएकाे थियाे । र पनि उनी नआएपछि उनी बिना नै बसेकाे बैठकले तीन निर्णय गरेकाे छ । ओली बिनै बुधबार बसेको बैठकले आगामी मंसिर २० गतेको सचिवलय बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीलाई बैठकमा उपस्थित हुन आग्रह गर्ने, दोस्रो निर्णय २० गते १ बजे सचिवालय बैठक बस्ने र तेस्रो निर्णय मंसिर १८ गतेलाई तय भएको स्थायी समिति बैठक २१ गते बस्ने निर्णय भएको छ ।