असोज १४ । एकीकृत नेकपा माओवादीले थप ४० क्षेत्रको उम्मेदवारको टुंगो लगाएको छ ।

आइतबार ४० क्षेत्रको टुंगो लगाएको एमाओवादीले आज वा भोलि नै सबै क्षेत्रको टुंगो लगाउने भएको छ ।

एमाओवादी केन्द्रीय कार्यालय र उम्मेदवार छनौट समितिको सोमबार राती अबेरसम्म अध्यक्ष निवास लाजिम्पाटमा बसेको बैठकले लिम्बुवान, किरात, थारुवान र कोचिला राज्यको टुंगो लगाएको उम्मेदवार छनौट समितिका सदस्य गिरीराजमणि पोखरेलले जानकारी दिए । ओखलढुंगा र धनकुटाको भने टुंगो लाग्न बांकी छ ।

एमाओवादीले उम्मेदवार छनौटको काम अन्तिम चरणमा पुगेको भन्दै आज बिहानैदेखि बैठक बसेर टुंगोमा पुर्याउने बताएको छ । नेता पोखरेलका अनुसार धादिङ र नुवाकोटमा पनि उम्मेदवारको टुंगो लागेपनि यस बाहेक ताम्सालिङ, नेवा र मधेसमा भने उम्मेदवारको टुंगो लाग्न बांकी छ ।

अबेरसम्म बसेको बैठकमा बरिष्ठ नेता नारायणकाजीको क्षेत्रको विषयमा भने छलफल नै नभएको नेता पोखरेलले सौर्यलाई बताए ।

देशका विभिन्न भागमा उम्मेदवार छनौटको विषयमा विवाद बढेर गएपछि एमाओवादी मनोनयन गर्ने मिति नजिकिदैं जांदा अप्ठ्यारोमा परेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।