असोज १४ । द्धन्द्धकालमा गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्याका आरोपित भनिएका रामप्रसाद अधिकारी छुटेका छन् ।
सरकारी वकिलको कार्यालयले प्रमाण नपुगेको भन्दै जिल्ला अदालतमा अभियोगपत्र दर्ता नगरी प्रहरीलाई नै फाइल फिर्ता गरेपछि २५
दिनपछि सोमबार राति हाजिरी जमानीमा छुटेका छन् ।
जिल्ला प्रहरी कार्यालयलाई न्यायाधीवक्ताको कार्यालयबाट उनलाई हिरासतबाट मुक्त गर्न निर्देशन दिएपछि उनी छुटेका थिए ।
उजुरीका आधारमा रामप्रसादलाई प्रहरीले काठमाडौँबाट भदौ २१ गते पक्राउ गरि चितवन ल्याएको थियो ।
०६१ जेठ २४ गते हत्या गरिएका कृष्णप्रसादका बुवा नन्दप्रसाद र आमा गंगामाया आरोपित ११ जनालाई कारबाहीको माग गर्दे ४७ दिन अनशनमा बसेका थिए ।
Comments