असोज १४ । घोषित मितिको निर्वाचनमा सहभागिता जनाउनका लागि समानुपातिकतर्फ एक सय २४ वटा दलले आवेदन दर्ता गराएका छन् ।

निर्वाचन आयोगमा एक सय ३० वटा दलले दल दर्ता गरेपनि समानुपातिकतर्फ भने ६ वटा दल घटेका छन् ।

आयोगले मंगलवार समानुपातिक निर्वाचनमा भाग लिन निवेदन पेश गरेका राजनीतिक दलहरुको नामावली प्रकाशन गर्ने जनाएको छ ।

१७ गते समानुपातिक चुनावमा भाग लिने दलहरुको अन्तिम नामावली प्रकाशन गर्ने र निर्वाचन चिन्ह प्रदान गर्ने तथा १७ गते नै प्रत्यक्ष तर्फका उम्मेद्वारको मनोनयनपत्र दर्ता गर्ने कार्यतालिका छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।