असोज १५ । मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने विरुद्ध यो पटकको दशैंमा पनि टरिफिक प्रहरीले अभियान सञ्चालन गर्ने भएको छ ।

मापसे सेवन गरेर सवारी चलाउने चालकविरुद्ध सार्वजनिक अपराध मुद्दा लाग्नेछ । यसो हुँदा मापसे गर्नेले जेलमै दशैं मनाउन बाध्य हुनुपर्ने छ ।

लामो तथा छोटो दूरीका सवारी चालकले मापसे गरेरनगरेको पत्ता लगाउन विशेष टोली नै परिचालन गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ ।

मापसे गर्ने चालकमाथि सवारी ऐन र सार्वजनिक अपराध ऐन दुबै अनुसार कारबाही गरिदैं आइएको छ ।

चाडपर्वलक्षित मापसेविरुद्धको कारबाहीमा परी गत वर्ष करिब ४० चालक तथा सहचालकले हिरासतमै दशैं मनाएका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।