
थाइल्याण्डमा लामो समयदेखि बस्दै आएका पारसले दशैंमा कन्निकालाई सँगै काठमाडौं ल्याउने खबर पठाएपछि कान्छी श्रीमतीका रुपमा भित्राउन खोजेको भन्दै शाही परिवारमा तनावमा परेको हो ।
यस्तो भएपछि दशैंका बेला कन्निकाकालाई ल्याएर कान्छी बनाउने भयले ज्ञानेन्द्र शाहको परिवारले पारसलाई फकाउने प्रयास गरिरहेको नयाँ पत्रिकाले खबर छापेको छ ।
बाबुआमालाई पारसले कन्निकासँग बिहे नै गर्ने नबताएपनि दशैंको टीका लगाउन काठमाडौं आउँदा प्रेमिकालाई सँगै ल्याउने सन्देश निरन्तर बाबुआमालाई पठाइरहेका छन् ।
सकेसम्म सम्झाएरै पारसलाई कन्निकासँगको सम्बन्धबाट अलग गराउने प्रयास उनका परिवारको छ । तर, पारसले निर्मल निवासमा आफ्ना लागि छुट्टै घर बनाइदिन बाबुआमालाई सन्देश पठाएको स्रोतलाई उदृत गर्दै खबरमा छापिएको छ ।
Comments