काडमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ । आज शुक्रबार सुन तोलामा ३०० रुपैयाँले बढेर कारोबार भइरहेको छ । आज छापावाला सुन ९२ हजार ९०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो कारोबार दिन बिहीबार सुन तोलामा एक हजार ६०० रुपैयाँले वृद्धि भई प्रतितोला ९२ हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
यसैगरी चाँदीको भाउ पनि निरन्तर रुपमा बढिरहेको छ । शुक्रबार तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला एक हजार २१० रुपैयाँमा किनबेच हुँदैछ । यसअघि बिहीबार चाँदी तोलामा २० रुपैयाँले उकालो लागेर प्रतितोला एक हजार २०५ रुपैयाँमा कारोबार भएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।