खेलको उत्तरार्द्धमा आएर केही कमरेडहरुले खेलको नियम नै बदल्न लागे : ओली (पूर्णपाठसहित)

काठमाडौं । नेकपा भित्र अहिले विवाद झनै चर्किएर गएको छ । आइतबार नेकपा स्थायी कमिटी बैठक बस्यो । बैठकमा दुई अध्यक्ष मध्ये एक अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित नै भएनन् ।

अध्यक्ष तथा प्रधानमन्त्री ओलीले स्थायी समिति बैठकमा पत्र मार्फत सन्देश भने पठाए । उक्त पत्रमा पार्टीलाई विभाजनको डिलमा पुर्योउने आरोपपत्रबारे हुने छलफलमा आफू सहभागी हुन नसक्ने उल्लेख छ ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला

ओलीले खेलको उत्तराद्र्धमा आएर केही कमरेडहरु ‘खेलको नियम’ नै बदल्नु लागेको र जसरी पनि जित्ने महत्वाकांक्षाका निम्ति जुनसुकै हदसम्म जान तयनर रहेको कुरा आफूलाई थाहा नभएको पनि उल्लेख गरेका छन् । उनले पार्टिलार्य सहज र स्वस्थ वातावातरणमा फर्काउन प्रचण्डले पेश गरेको प्रतिवेदन निशर्त फिर्ता हुनुपर्ने पनि जनाएका छन् ।