असोज १४ । नेपाल सरकारले अमेरिकासँग सय वटा वस्तुमा शून्य भन्सार माग गरेको छ ।

तयारी पोसाक, टेक्सटाइल र पश्मिनाअन्तर्गत थप १ सय वस्तुमा विशेष ग्राह्यता सुविधा (जीएसपी) दिन अमेरिकासँग गरेको हो ।

अमेरिकाले कमविकसित मुलकबाट ५ हजार वस्तुलाई जीएसपी सुविधा दिएको छ । जीएसपी सुविधा पाउने वस्तुमा भन्सार शून्य हुन्छ ।

सोही अन्तर्गत बढी लगानी रहेका क्षेत्र, मूल्य अभिवृद्धि बढी हुने र रोजगार सिर्जना गर्ने क्षेत्र पहिचान गरी जीएसपी माग गरिएको वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

नेपालले ३ किसिमबाट जीएसपी सुविधा मागेको छ । जीएसपी दिइरहेकालाई निरन्तरता दिन, दायरा फराकिलो बनाउन र थप वस्तुमा शून्य भन्सार सुविधा दिन प्रस्ताव गरिएको कारोबारमा खबर छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।