काठमाडौं । हिजो बढेर कारोबार भएको सुनको मूल्य आज बुधबार भने सामान्य घटेर कारोबार भएको छ । आज सुन तोलामा ७०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९३ हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन सुन तोलामा एक हजार ५०० रुपैयाँले बढेर प्रतितोला ९४ हजार १०० रुपैयाँमा खरिदबिक्री भएको थियो । यसैगरी चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेर प्रतितोला एक हजार २१५ रुपैयाँमा किनबेच हुँदैछ । मंगलबार चाँदी प्रतितोला एक हजार २३५ रुपैयाँमा कारोबार भएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।