असोज १४ । मनाङको हिम्लुङ हिमाल चढ्न गएका तीन जना नेपाली पथ प्रदर्शकको हिम पहिरोमा परेर ज्यान गएको छ । 
हिम पहिरोले सोलुखुम्बु गुदेल–४ टेन्डी शेर्पा, ओखलढुङ्गा खिजिफलाटेका काजी शेर्पाको  र पासाङ शेर्पाको ज्यान गएको बताइएको  छ ।  
पर्यटक लिएर गएका उनीहरु हिजो सांझ हिम पहिरोमा परेका हुन् । विदेशी पर्यटकहरु भने हिम पहिरो गएको स्थानभन्दा तल रहेकाले सकुशल रहेको बताइएको छ । 
मृतकहरूको शव लिनका लागि  गएको माउन्टेन हेलिकोप्टर हिम्लुङ हिमालको आधार शिविर पुगेको  भएपनि  मौसम खराबीका कारण फर्कन सकेको छैन। 

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।