असोज १४ ।  भ्रष्टाचार अभियोगमा जेलसजाय भोगिरहेका नेपाली काँग्रेसका नेता खुमबाहादुर खड्काले दाङमा आफ्ना कित्ताका नेताहरुलाई टिकट नदिइए चुनाव हराइदिने जेलभित्रैबाट धम्की दिइरहेका छन्।

जिल्लाका तीन क्षेत्रमा उमेदवारी टिकट खोजेका खड्काले ती क्षेत्रमा आफ्ना कित्ताका ब्यक्तिले टिकट नपाए जिल्लाकै चुनाव बिग्रने चेतावनी दिएको नागरीक दैनिकमा खबर छ ।

 खड्काले आफ्नी श्रीमती शिलालाई जुनकुनै हालतमा टिकट दिइनु पर्नेमा जोड दिएका छन्। नत्र दाङमा काँग्रेसले चुनाव जित्दैन, खड्काको भनाई उदृत गर्दै एक नेताले भने। आफू जेलमा रहेका कारण आफ्नो क्षेत्रबाट खड्काले श्रीमती शिलालाई उमेदवार बनाउन नेतृत्वलाई चर्को दवाव दिइरहेका छन्।

दाङमा मैले भनेअनुसार टिकट बाँडिएन भने चुनावमा मेरो असहयोग हुन्छ,खड्काको भनाई उदृत गर्दै ती जिल्ला नेताले भने काँग्रेसले फेरी पनि जिल्लाभरमै चुनाव हार्नेछ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।