असोज १४ । कप्तान विमल घर्तीमगरको ह्याट्रिकसँगै नेपाल एएफसी यू-१६ को फाइनलमा प्रवेश गरेको छ ।

तुर्कमेनिस्तान विरुद्ध आइतबार भएको खेलमा नेपालले ४-० ले हराउँदै समूह ‘सी’ विजेता बन्न सफल भएको हो । उक्त खेलमा बिमलले ३ गोल र दिनेश राजवंशीले एक गोल गरेका थिए ।

अब नेपालले २०७१ वैशाखमा थाइल्यान्डमा एएफसी यू-१६ को फाइनल चरण खेल्नेछ । नेपालले जापान, इरान, ओमान, अस्टे्रलिया, मलेसिया, उत्तर कोरियालगायत १० समूह विजेतालगायत १६ देशसँग फाइनल चरणमा प्रतिस्पर्धा गर्नेछ । १० उपविजेतामध्येबाट छनोट हुने उत्कृष्ट ५ र आयोजक थाइल्यान्डसहित १६ देशले फाइनल चरण खेल्ने छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।