काठमाडौ. । लगातार तीन दिन स्थिर रहेको सुनको मूल्य आज सामान्य घटेर कारोबार भइरहेको छ । आज सोमबार सुन तोलामा एक सय रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९१ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार यता सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो । चाँदीको भाउ भने सोमबार स्थिर रहेको छ । चाँदी निरन्तर चौथो कारोबार दिन पनि प्रतितोला एक हजार २०० रुपैयाँमा खरिदबिक्री हुँदैछ ।
Comments