काठमाडौं । सरकारले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेपछि राजनीतिमा तरंग पैदा भएको छ । सरकारले लामो समयदेखि रोकिएका नियुक्त खुलाउन मंगलबार अध्यादेश ल्याएको थियो ।

उक्त अध्यादेश पहिलो पटक भने आएको हैन । यसअघि पनि जारी भएर फिर्ता भएको थियो । पुनः अध्यादेश आएपछि मुख्यतः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रै यसको सबै भन्दा बढी विरोध भएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष बामदेव गौतम लगायत नेकपाका नेताहरुले अध्यादेशको विरोध गर्दै तत्काल फिर्ता लिन माग गरेका छन् ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस लगायतका दलहरुले पनि अध्यादेशको चर्को विरोध गरिहेका छन् । अध्यादेशको विषयमा छलफल गर्न नेकपा र कांग्रेसका छुट्टाछुट्टै बैठक बस्दैछन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।