अध्यादेश फिर्ता हुने, प्रधानमन्त्री ओली पनि सहमत

काठमाडौं । सत्तारुढ दल नेकपाले सरकारले मंगलबार मात्र जारी गरेको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता गर्ने सहमति गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली पनि त्यसमा सहमत भएका छन्

बैठकले स्थायी कमिटीको अर्को बैठक पुस ५ गते बस्ने निर्णय गरेकाे छ । यसअघि पुस ५ गतेका लागि बोलाइएको केन्द्रीय कमिटीको बैठक पुस १० गतेलाई सारिएको छ ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला

बुधबारको बैठकमा प्रधानमन्त्री ओलीले मंगलबार साँझ बसेको संवैधानिक परिषद्को बैठकले कुनै निर्णय नगरेको जानकारी गराएका थिए। विशेष अधिवेशनका लागि नेकपाका केही सांसदहरुले अघि बढाएको प्रक्रिया पनि फिर्ता लिने निर्णय भएको छ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले संवैधानिक नियुक्तहरु सहमतिमा मात्र टुङ्ग्याउने निर्णय भएको जानकारी दिए । ‘बैठकमा पेश भएका प्रस्तावहरु पार्टीको स्थायी समिति र केन्द्रीय समितिका बैठकहरुमा छलफल गर्ने । राजनीतिक प्रस्ताव फिर्ताको हल्ला निराधार र कपोलकल्पित भएको जानकारी गराउँदछु ।’ उनले भने ।