असोज १३ । कैलालीको क्षेत्र नम्बर ५ मा उम्मेदवारको टुङ्गो नलाग्दा एमाओवादीका कार्यकर्ता अलमलमा परेका छन् ।
सिङगो सुदुरपश्चिममा एमओबादीमा बलियो प्रभाब राख्ने एमाओवादी नेता लेख राज भट्ट डोटी २ नम्बर क्षेत्रबाट चुनावमा जाने हल्ला केही दिन यता संचारमाध्यममा आएपछी कार्यकर्ता अलमलमा परेका हुन् ।
एमाओवादीले शिर्ष नेताहरुको उमेदवारी हुने ठाउँ सार्वजनिक गरी सकेको छ, जसमा लेखराजको नाम डोटी क्षेत्र नम्बर २ मा रहेको छ । गत सबिधानसभाको निर्बाचनमा कैलाली क्षेत्र नम्बर ५ बाट बिजय हासिल गरेका नेता भट्टको उमेदवारी यही क्षेत्र बाट हुनु पर्ने यस क्षेत्रका एमाओवादी कार्यकर्ता बताउछन् ।
पहिलो सबिधानसभामा संघियताको बहस चलिरहेको बेला कैलाली र कंचन्पुरलाई थारुवान र अखण्ड सुदुरपश्चिम के बनाउने भन्ने आन्दोलन चलिरहदा पार्र्टीको निती बिपरित अखण्ड आन्दोलनलाई समर्थन गरेको भन्दै एमाओवादी भित्र नेता भट्टको अलोचना हुँदै आएको थियो ।
नेता भट्टले भने आफु पार्टी लाइन भन्दा बाहिर नगएको बरु पार्टी नेतृत्वले सुदुरपश्चिमको बास्तबिकता नबुझीकनै संघियताको मोडेल ल्याएको बताउदै आएका छन । पहाडी बाहुल्यता रहेको क्षेत्र नम्बर ५ मा एमाओबादीले कुनै थारु नेतालाई टिकट दिए पार्र्टीलाई ठुलो क्षती हुने एकथरी एमोओबादी नेताहरुको बुझाइ रहेको छ ।
एमाओबादीका एक नेताले भने- पार्टीलाई बहुमतले जिताउने पनि भन्ने, अनी राम्रा नेतालाई सम्भावना राम्रो र बिगतमा बिजय हासिल गरेको ठाउँमा टिकट नदिने हो भने कसरी बहुमत आउछ । एमोओबादी राज्य समिती सदस्य मेघ राज भट्टले भने – क्षेत्र न ५ एमोओबादीको बलियो पकड भएको क्षेत्र हो, त्यसैले पार्टीले यहाँ टिकट दिदा जित्ने नेता लाई दिनुपर्छ । फेरी लेख राज भट्ट जस्तो नेतालार्ई कैलालीबाट नै टिकट दिनुपर्ने र त्यसको लागि स्थानिय पार्र्टी लागि परेको उनले बताए । त्यस्तै थारुवान राज्य समिति सदस्य उद्धव भट्टराईले यो बिषय पार्टिमा टुङ्गो लागि नसकेको र छलफल चलिरहेको बताए । उनले नेत भट्टलाई क्षेत्र नम्बर ५ बाटै उमेदवारी दिलाउन पार्टी लागेको बताए । त्यस्तै वाईसिएल क्षेत्र नम्बर ५ ले पनि नेता भट्टको उमेदवारी यहाँबाटै हुनुपर्नेमा जोड दिए ।
वाईसिएलका क्षेत्रिय सचिव सर्मानन्द भट्टले पार्टीलाई बहुमत दिलाउने हो भने नेता भट्टको उमेदवारी क्षेत्र नम्बर ५ बाटै हुनुपर्ने बताए । आफ्नो उमेदवारीका बिषयमा नेता लेखराज भट्टले भने अहिले सम्म आफ्नो कुनैपनि सार्वजनिक धारणा बाहिर ल्याएका छैनन । यस्तैमा शनिवार अत्तरिया पुगेका नेता भट्टले स्थानिय नेता कार्याहरु संग भेटघाट तिव्र पारेका छन । भेटमा सहभागी अधिकांस कार्यकर्ताहरुले यसै क्षेत्रबाट उमेदवारी दिन आग्रह गरिरहेका छन् ।
यसैबिच एकिकृत नेकपा माओवादीका असन्तुष्ट नेताहरुले कैलालीका ६ वटै निर्वाचन क्षेत्रबाट बागी उमेदवार उठाउने चेतावनी दिएका छन । केहिदिन अघि धनगढीमा गोप्य छलफल गरि उनिहरु यस्तो निष्कर्षमा पुगेका हुन । क्षेत्र नम्बर १ मा धेरै व्यक्तिले बागी उम्मेदवारका रुपमा इच्छा देखाएपछि कसैको नाम सार्वजनिक भने गरिएको छैन । अन्य चार वटा निर्वाचन क्षेत्रमा बागी उम्मेदवारले आफ्नो प्रचार प्रसार समेत सुरु गरिसकेका छन । बागी उम्मेदवारका रुपमा क्षेत्र नम्बर २ बाट अगस्त अधिकारी, क्षेत्र नम्बर ३ बाट ऋषी बिनाडी, क्षेत्र नम्बर ५ बाट देवेन्द्र शाह र क्षेत्र नम्बर ६ बाट डिएल भण्डारीको नाममा सहमति भैसकेको छ ।