लगातार आज तेस्रो दिन पनि बढ्यो सुनको मूल्य (मूल्यसहित)

काठमाडौं । नेपाली बजारमा आज शुक्रबार लगातार तेस्रो दिन पनि सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुनको भाउ प्रतितोलामा ८०० रुपैयाँले बढेर ९४ हजार ३ सय रुपैयाँ कारोबार भैरहेको जनाएको छ । आजका लागि तेजावी सुनको भाउ ९३ हजार ८५० रुपैयाँ निर्धारण गरिएको छ ।

तर बिहीबार छापावाल सुन प्रति तोला ९३ हजार ५ सय, तेजाबी सुन प्रति तोला ९३ हजार ५०, बुधबार छापावाल सुन प्रति तोला ९३ हजार १ सय, तेजाबी सुन प्रति तोला ९२ हजार ६५०, मंगलबार छापावाल सुनको भाउ प्रतितोला ९२ हजार ३ सय रुपैयाँ, तेजावी सुनको भाउ ९१ हजार ९५० रुपैयाँ, त्यस्तै सोमबार छापावाल सुनको भाउ प्रतितोला ९२ हजार ४ सय रुपैयाँ, तेजावी सुनको भाउ ९१ हजार ९५० रुपैयाँ, आइतबार छापावाल सुन भाउ प्रतितोला ९२ हजार ५ सय रुपैयाँ, तेजावी सुन ९२ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको भाउ प्रतितोला १२ सय ८० रुपैयाँ रहेको महासंघले जनाएको छ । तर बिहीबार चाँदीको भाउ प्रतितोला १२ सय ५५ रुपैयाँ रहेको थियो ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला