काठमाडौं । सरकारले आज (शुक्रबार) देखि लागू हुने गरी सबै प्रकारका यातायातमाथि लगाएको जोर विजोर प्रणाली हटाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँमा बिहीबार बसेको काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) कोे संयुक्त बैठकले जोरविजोर प्रणाली हटाउने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले शुक्रबारदेखि जोरविजोर प्रणाली लागू नहुने जनाएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लामा यसअघि सरकारले जोर दिनमा जोर नम्बरका र विजोर दिनमा विजोर नम्बरका सवारी साधन मात्र सञ्चालन गर्न पाउने नियम लागू गरेको थियो ।

लामो समयदेखिको जोर बिजोर प्रणालीका कारण सार्वजनिक यातायातमा झनै भिडभाड बढेको तथा अन्य क्षेत्रमा खुकुलो हुँदा पनि यातायात क्षेत्रमा मात्र कडाई गरिएको भन्दै यातायात व्यवसायीहरुले सरकारको नियमको विरोध सुरु गरेका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।