काठमाडौं २१ मंसिर
वामगठबन्धन दलका तर्फबाट ललितपुर क्षेत्र नम्बर तीनका साझा उम्मेदवार पम्फा भुसालले ललितपुरको राजतिर्थ मतदान केन्द्रबाट मतदान गरेकी छिन् ।
नेकपा माओवादी केन्दकी प्रवक्ता समेत रहेकी उनले करिब ७ बजे मतदानपछि सञ्चारकर्मीहरुसँग वाम गठबन्धनले अब बहुमत ल्याएर पाँच वर्ष सरकार चलाउने र देशमा दिगो विकास, आर्थिक समृद्धि ल्याउने दाबी गरिन् । उनले यो निर्वाचनसँगै अब संविधान फुल फ्लेजमा कार्यान्वयनको दिशामा अघि बढेको भन्दै अब कसैले रोक्न नसक्ने समेत बताइन् ।
उनले ललितपुर तीनमा आफ्नो जित सुनिश्चित रहेको समेत दाबी गरिन् । वाम गठबन्धन, आफूले ललितपुरमा गरेको विकासका कार्य तथा आफ्ना एजेण्डाका कारण आफ्नो जित सुनिश्चित रहेको उनले बताइन् ।
सोही मतदान केन्द्रमा मतदानका लागि सँगै रहेका कांग्रेस उम्मेदवार मदन अमात्यले पनि आफूले  जित्ने दाबी गरे । आफू स्थानीय रहेको, विकासको पक्षमा रहेकाले आफूले जित्ने उनको दाबी थियो ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।