असोज १३ । नेपाल आयल निगमका कर्मचारीहरुले बोनस वितरण काण्डमा अख्तियारले उच्च अधिकारीलाई गिरफ्तार गरेपछि निगमका कर्मचारी संगठन बोनस फिर्ता  गर्ने  भएका छन्   ।
बोनस बाडेकै कारण  धमाधम निगमका कर्मचारीलाई अख्तियारले गिरफ्तार  परेपछि उनीहरुले पाएको  बोनस  फिर्ता  गर्न  लागेका  हुन् । निगमका  कर्मचारी संगठनले अख्तियारलाई  आफ्ना कर्मचारी रिहा गराए  बोनस रकम फिर्ता गर्ने प्रतिबर्द्धता  जनाएका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगनले यही असोज ८ नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेशकुमार अग्रवालसहित चार उच्च अधिकारीलाई पक्राउ गरेको थियो ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।