निर्वाचन सार्ने अभियानमा श्रेष्ठ

असोज  १३ । एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले ४ मंसिरका लागि तोकिएको संविधानसभा निर्वाचन सार्ने अभियान सुरु गरेका छन् ।
पार्टीले जानाजान हार्ने क्षेत्रमा उम्मेदवार बनाएर मागे अनुसारको सिट नदिएपछि श्रेष्ठले ४ मंसिरको निर्वाचन सारेर ४ चैतमा पु¥याउन लबिङ थालेका हुन् । श्रेष्ठको सो अभियानले निर्वाचनको मुखैमा एमाओवादीभित्र गम्भीर विवाद देखिएको आजको राजधानी दैनिकमा  खबर छ ।
४ मंसिरको निर्वाचनविरुद्ध श्रेष्ठले अभियान सुरु गरेपछि अध्यक्ष पुष्पकमल दाहाल निकै तनावमा परेका छन्। हार्ने डरले एमाओवादी घोषित मितिमा चुनाव गर्न चाहँदैन भन्ने आरोप लागिरहेका बेला वरिष्ठ नेता नै चुनाव सार्ने लबिङमा लागेपछि दाहाल तनावमा परेका हुन् ।
 श्रेष्ठले नेकपा–माओवादी नेतृत्वको मोर्चालाई पनि निर्वाचनमा ल्याउनका लागि भन्दै पछिल्लो समय चुनाव सार्ने गरी छलफल चलाएका छन् । श्रेष्ठको पछिल्लो अभिव्यक्ति र गतिविधिप्रति कार्यालय टिममा रहेका अध्यक्ष दाहाल र नेता पोष्टबहादुर बोगटीले गम्भीर असन्तुष्टि जनाएका छन् ।
Comments
spot_img

More like this

मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा

जनकपुरधाम, ८ साउनः मधेस प्रदेशमा हालसम्म ७८ दशमलव ५९ प्रतिशत रोपाइँ भएको छ । यो तीन लाख...

आठ पटक मन्त्री बनेका विष्णु पौडेलको कष्टडीसम्मको यात्रा

काठमाडौं । सम्पत्ति शुद्धिकरण मुद्दामा कष्टडीमा रहेका पूर्व मन्त्री तथा एमाले नेता विष्णु पौडेललाई एमालेभित्र एमालेको ‘माडे’...

फुटबलमा टाउकाेमाथि हात क्रसको अर्थ के हुन्छ ? इजिप्टका...

काठमाडौं । तपाईले हिजो राती अर्जेटिना र इजिप्टको खेल पक्कै हेर्नु भयो । नहेरेपनि हल्ला, चर्चा र...