प्रचण्ड-नेपालसहितका नेताहरु सडकमा, संसद विघटनको विरोध

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकल दाहाल, अर्का अध्यक्ष माधव कुमार नेपाल लगायतका नेताहरु संसद विघटनको विरोधमा सडकमा उत्रिएका छन् । माइतीघरमा उनीहरु ‘हामी यहाँ छौं’ लेखिएको प्लेकार्डसहित प्रदर्शनमा उत्रिएका हुन् । उनीहरुले संसद विघटन असंवैधानिक भएको भन्दै चर्का नाराबाजी गरेका छन् ।

बबरमहलमा बिहीबार केन्द्रीय कमिटी बैठकले संसद् विघटनको विरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्ने प्रस्ताव पारित गरेको हो । माइतीघर मण्डलामा जम्मा भएर संयुक्त पत्रसहित निर्वाचन आयोगमा जाने र २ बजे पत्रकार सम्मेलन गर्ने नेकपाले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।