असोज १३ ।  संविधानसभा निर्वाचनमा दलहरुले समानुपातिकतर्फको बन्दसूची बुझाउने मिति नजिकिँदै जाँदा उद्योगी-व्यवसायीबीच दलको कोटामा पर्न प्रतिस्पर्धा सुरु भएको छ ।
मधेसी जनअधिकार फोरम, फोरम लोकतान्त्रिक र तराई(मधेस लोकतान्त्रिक पार्टी लगायतले खुला रुपमै न्यूनतम १ करोडको अफर गरेका छन् । एक व्यवसायीका अनुसार उपेन्द्र यादब नेतृत्वको फोरमले अधिकतम २ व्यवसायीलाई मात्रै आफ्नो पार्टीका तर्फबाट सभासद बनाउने भन्दै जनही १ करोड रुपैयाँ मागेको छ ।
दलको आकार हेरी एक करोडदेखि ५ करोड रुपैयाँसम्म चन्दा बुझाउन उनीहरु मोलमोलाई गरिरहेका आजको कारोबारमा खबर छ ।
सभासद बन्न चाहने उद्योगपतिहरु त्यति रकम बुझाउन राजी भए पनि पार्टीको मत कति प्राप्त हुन्छ भन्नेमा आंकलन गर्न कठिन भएको भन्दै पछि हटेका छन् । स्रोतका अनुसार यादव नेतृत्वको फोरमप्रति व्यसायीहरु बढी आकर्षित भएका छन् । अरु मधेसी दलप्रति त्यति भरोषा देखिएको छैन ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।