असोज १२ । नेकपा–माओवादीका अध्यक्षमोहन वैद्यले आफूलाई बाहिरै राखेर जबर्जस्ती संविधानसभाको निर्वाचन गर्न खोजिए मुलुकमा अर्को द्वन्द्व सिर्जना हुने बताएका छन् ।
उच्चस्तरीय राजनीतिक समितिमा रहेका दलहरु, राष्ट्रपति र मन्त्रिपरिषद्का अध्यक्ष सबैले अहिलेको राजनीतिको व्यवस्थापन गर्न सहयोग गर्नुपर्ने भन्दै उहाँले उच्चस्तरीय राजनीतिक समितिलाई यसअघिको आफ्नो निर्णयलाई पुनर्विचार गर्न आग्रह गरेका छन् ।
राजधानीमा कवयित्री सुशीला गिरीद्वारा लिखित ‘ज्वाला’ कविता सङ्ग्रहको सार्वजनिक गर्दै अध्यक्ष वैद्यले जनयुद्धको एक पक्षलाई पाखा राखेर गरिने निर्वाचनले शान्ति प्रक्रियाले पुरा नहुने धारण व्यक्त गरेका हुन् ।
Comments