काठमाडौं । आज (सोमबार) सुनचाँदीको भाउ तोलामा ७०० रुपैयाँले बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको लागि छापावाला सुन प्रतितोला ९४ हजार ९०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९४ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । आइतबार छापावाल सुन तोलामा ९४ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रति तोला ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

उता आज चाँदीको भाउ पनि बढेको छ । यस दिन चाँदी प्रति तोलामा ४५ रुपैयाँले बढेर १ हजार ३१५ रुपैयाँमा खरिदबिक्री हुँदैछ । अघिल्लो कारोबार दिन आइतबार चाँदी प्रति तोला १ हजार २८० रुपैयाँमा कारोबार भएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।