काठमाडौं । नेपाली बजारमा सामान्य उतारचढाव रहँदै आएको मूल्य आज आइतबार भने स्थिर बनेर कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको लागि छापावाला सुन प्रतितोला ९४ हजार २०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । शुक्रबार पनि छापावाल सुन तोलामा ९४ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रति तोला ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
उता आज चाँदीको भाउ स्थिर रहेको छ । यस दिन चाँदी प्रति तोला १ हजार २८० रुपैयाँमा खरिदबिक्री हुँदैछ । अघिल्लो कारोबार दिन चाँदी सोही भाउमा कारोबार भएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।