काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नामको विषयमा रहेको विवाद सम्बन्धी मुद्दाको आजको सुनुवाई स्थगित भएको छ । सर्वोच्च अदालतमा पेशीमा चढेको मुद्धाको सुनुवाई स्थगित भएको हो ।

तत्कालीन एमाले र माओवादीले पार्टी एकता गरेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनाएपछि नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले निर्वाचन आयोगमा उजुरी दिएका थिए । ९ कात्तिकमा आयोगले नेकपाको पक्षमा फैसला सुनाएको थियो । त्यसविरुद्ध कट्टेल २१ मंसिर २०७५ मा सर्वोच्च गएका थिए । कट्टेलका कानून व्यवसायीको तर्फबाट मुद्दाको सुनुवाइ स्थगित भएको सर्वोच्चले जनाएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।