असोज ११ । उम्मेदवारी दर्ताको दिन यही असोज १७ गते लिम्बुवानका नौं जिल्ला बन्दको घोषणा गरिएको छ ।

चार दलले चैत्र १ गते असंवैधानिक, अलोकतान्त्रिक, संघीय गणतन्त्र विरोधी, लिम्बुवान विरोधी सरकार बनाएर आफ्ना मागहरु बेवास्ता गर्दै निर्वाचन गर्न लागेकाले चुनाव रोक्न र बहिस्कार गर्न उक्त दिन लिम्बुवानका नौं जिल्ला ४ बजेसम्मका लागि बन्दको घोषणा गरिएको मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदका अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ले बताएका छन् ।

संघीय लिम्बुवानले ३३ दलले घोषणा गरेको आन्दोलन अन्तर्गतकै १० दिने नेपाल बन्द, सभाषदलाई जिल्ला प्रवेश रोक लगायत आन्दोलनको पनि घोषणा गरेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।