खुल्ने भए कोरोनाले बन्द भएका विद्यालयहरु

काठमाडौं । कोरोनाका कारण गत चैतदेखि बन्द विद्यालयहरु अब खुल्ने भएका छन् । सरकारले गत चैत्र २०७६ बाट बन्द भएका विद्यालयहरु खुलाउने तयारी गरेको हो । कोभिड–१९ रोकथामका लागि गठित उच्चस्तरीय कोभिड–१९ व्यवस्थापन निर्देशक समिति (सीसीएमसी) को आइतबार बसेको बैठकले विद्यालय खुला गर्ने निर्णय गरेको छ ।

सीसीएमसीले आवश्यक परेमा विद्यालय, चलचित्र घर, जिमखाना लगायत बन्द गर्न सक्ने अधिकार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई दिने निर्णय पनि गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईका अनुसार खुलेका विद्यालयलाई बन्द गराउने अधिकार अब जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रमार्फत हुने भएको छ ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला