काठमाडौं । नेपाली बजारमा साताको कारोबारको पहिलो दिन (आइतबार) सुनको भाउ स्थिर रहेको छ । अघिल्लो साताको कारोबारको अन्तिम दिन (शुक्रबार) तोलामा ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन यो साताको पहिलो दिन आइतबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन तोलामा ९४ हजारमा कारोबार हुँदा चाँदी तोलामा १३०० रुपैयाँमा कारोबार भएको छ । यसअघि शुक्रबार पनि चाँदी सोही भाउमा कारोबार भएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।