काठमाडौं । नेपाली बजारमा साताको कारोबारको दोस्रो दिन (सोमबार) सुनचाँदीको भाउ बढेको छ । यस दिन सुन तोलामा ८०० रुपैयाँले बढेको हो ।
आज छापावाल सुन प्रति तोला ९५ हजार ३०० रुपैयाँमा र तेजाबी सुन प्रति तोला ९४ हजार ८०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तर आइतबार छापावाल तोलामा ९४ हजार ५०० रुपैयाँ र तेजाबी सुन ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदी पनि प्रति तोलामा २५ रुपैयाँले बढेर कारोबार भैरहेको छछ । चाँदी तोलाको भाउ प्रति तोला १३२५ रुपैयाँ रहेको छ । यसअघि आइतबार चादी १३०० रुपैयाँमा कारोबार भएको थियो ।
Comments