काठमाडाैं । नेकपा स्थायी कमिटी बैठक माधव नेपालकाे अध्यक्षता पेरिसडाँडामा सुरू भएकाे छ ।

पुष्पकमल दाहाल प्रचण्ड पत्नीको उपचारका लागि मुम्बई गएपछि नेपालको अध्यक्षतामा बैठक बसेको हो । यो समूहको पुस ९ मा सम्पन्न स्थायी कमिटी बैठकले प्रचण्ड र माधव नेपाल आलोपालो अध्यक्ष हुने निर्णय गरेको थियो । सोमबारको बैठकले संसद पुनर्स्थापनाबारे हुने संघर्षकै कार्यक्रमबारे छलफल गर्ने कार्यसूची छ । पार्टी र जनवर्गीय संगठनको जिम्मेवारी बाँडफाँटबारे मापदण्ड बनाउन माधव नेपालकै संयोजकत्वमा कार्यदल बनेको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।