श्रीमतीकाे उपचार गराउन प्रचण्ड भारत प्रस्थान

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीमति सीता दाहालकाे उपचारका लागि भारत प्रस्थान गरेका छन् । सितालाई थप उपचार गर्न आज भारतको मुम्बई लगिएकाे हाे ।
सीता दाहाल पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगले पीडित छिन् । पछिल्लो समयमा भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचार गरी घरमै आराम गरिरहेकी दाहाललाई सोमबार मुम्बई लगेर न्युरो सम्बन्धी चिकित्सकबाट स्टिम थेरापी गराइने तयारी छ ।