असोज ११ । जनकपुरस्थित जनक हजारी विद्यापीठका सहायक प्रध्यापक सत्यनारायण गडेरीको गोली हानी हत्या भएको छ ।
अज्ञात समूहद्धारा गोली हानि हत्या गरिएको अवस्थामा जनकपुर नजिकैको कुर्था गाविस–६ मा हजारीको शव फेला परेको प्रहरीले जनाएको छ ।
उनको छातीको तल्लो भागमा गोली लागेको र धारीलो हतियारले घाटी रेटेको अवस्थामा शव फेला परेको बताइएको छ ।
घटनाको विषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएपछि हत्याबारे केही पनि खुल्न सकेको छैन ।
Comments






