काठमाडौं । नेपाली बजारमा हिजो बढेर कारोबार भएको सुनचाँदीको मूल्य आज पनि बढेको छ । आज मंगलबार सुनको भाउ तोलामा १ हजार १०० रुपैयाँले बढेको हो ।

आज छापावाल सुन प्रति तोला ९६ हजार ४०० रुपैयाँमा र तेजाबी सुन प्रति तोला ९५ हजार ९०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार पनि छापावाल सुन तोलामा ८०० रुपैयाँले बढेर प्रति तोला ९५ हजार ३०० रुपैयाँ र तेजाबी सुन ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदी पनि प्रति तोलामा १० रुपैयाँले बढेर कारोबार भैरहेको छ । चाँदी तोलाको भाउ प्रति तोला १३३५ रुपैयाँ रहेको छ । यसअघि सोमबार चाँदी तोलामा २५ रुपैयाँले बढेर १३२५ रुपैयाँमा कारोबार भएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।