प्रभु बैंकले दियो अस्पताललाई ५ लाख आर्थिक सहयोग

इलाम । प्रभु बैंक लिको ईलाम शाखा कार्यालयले आप्mनो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला अस्पताल ईलामलाई सफा खानेपानी प्रयोगमा ल्याउने प्रयोजनका लागि एरो प्लाण्ट खरीद गरी जडान गर्नको लागि पाँच लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ ।

एक समारोहकाबिच मंगलबार प्रभु बैंक लि. ईलाम शाखा कार्यालयका शाखा प्रबन्धक रोशन संग्रौलाले ईलाम जिल्ला अस्पताल ईलामका मे.सु. डा. प्रभु शाहलाई एक औपचारिक कार्यक्रममा आर्थिक सहयोग स्वरुप पाँच लाख रुपैयाँको चेक हस्तान्तरण गरे ।
उक्त कार्यक्रममा ईलाम नगरपालिका वडा नं. ८ का वडाध्यक्ष श्री होम बहादुर बस्नेत, ईलाम नगरपालिका वडा नं. ७ का महिला सदस्य श्री ईन्दिरा राई, समाजसेवीश्री हिमाल कर्मचार्य र समाजसेवी श्री रतन कुमार चौधरी लगायत अस्पतालका कर्मचारी एवं सेवाग्राहीहरु समेतको उपस्थिति रहेको थियो ।
प्रभु बैंक लि. को आर्थिक सहयोगमा ईलाम जिल्ला अस्पतालमा जडान हुने एरो प्लाण्टबाट उक्त अस्पतलामा व्यवस्थित रुपमा सफा खानेपानी वितरण भई अस्पतालमा आउने विरामी तथा सेवाग्राहीहरुले सफा खानेपानी प्रयोग गर्न पाउने छन्भन्ने बैंकले विश्वास लिएको जनाएको छ ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला