काठमाडौंमा घाम, थुप्रिएकाे प्रदूषण केही हट्ने

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न ठाउँमा घाम लागेसँगै प्रदूषण कम हुने आकलन गरिएको छ । मौसमविद्हरुले घाम लागेसँगै हावा पनि चल्ने र थोरै भए पनि प्रदुषण कम हुने सहयोग पुग्ने जनाएका छन् । घाम लागेपछि जाडो पनि केही बढ्ने र अहिलेको प्रदूषणलाई केही हदसम्म भए पनि घटाउन मद्दत गर्ने मौसमविदहरु जनाउँछन् ।

जाडोको समयमा प्रदूषण बढ्ने विशेषता नै हो । किनभने यो समयमा हावा पनि नचल्ने र पानी पनि नपर्ने भएकाले प्रदूषणको तह थुप्रिएर बस्छ । अहिले काठमाडौं उपत्यकामा भएको पनि त्यही हो । काठमाडौंको वायु प्रदूषण अहिले संसारमै उच्च तहमा पुगेको छ ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला