असोज ११ । कतारका लागि नेपाली राजदूत मायाकुमारी शर्मालाई सरकारले पदमुक्त गरी फिर्ता बोलाएसँगै मायाकुमारी भने अदालत जाने भएकी छन् ।

हिजो बसेको मन्त्रिपरिषद्को बैठकले शर्मालाई फिर्ता बोलाउने निर्णय गरेपछि त्यसको विरुद्ध उनी अदालत जाने भएकी हुन् ।

एक टेलिभिजन कार्यक्रम मार्फत कतारलाई खुला जेल भनेपछि उनी कतार सरकारबाट टाढा हुन पुगेकी थिइन् । मायाकुमारीले नै एक नेपाली स्तम्भकारले आफू विरुद्ध लेखेको भन्दै देश निकाला गर्न कतार सरकारलाई पत्रचार समेत गरेकी थिइन् ।

विवादित अभिव्यक्ति तथा अमर्यादित कुटनीतिक व्यवहारका कारण उनलाई कतार सरकारले फिर्ता बोलाउन दोस्रो पटक आग्रह गरेपछि फिर्ता बोलाएको थियो ।

एमाओवादी कोटाबाट राजदूत नियुक्त भएकी उनले अध्यक्ष प्रचण्ड र परराष्ट्रले आफूविरुद्ध षड्यन्त्र गरेको आरोप समेत लगाएकी छिन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।