असोज ११ । राजधानीको जोरपाटीमा आज बिहान गोली चलेको छ । गोली लागेर एक जना भारतीय नागरिक घाइते भएका छन् ।
जोरपार्टीस्थित सुवास पार्टी प्यालेस नजिकै अपरिचित समूहले आज बिहान करिब ९ बजे गोली प्रहार गर्दा भारत मोतीहारी घर भएका मोहम्मद मनसुल्लाह घाईते भएको बौद्ध प्रहरीले जनाएको छ ।
कपडा सिलाइको काम गर्ने मनसुल्लाको खुट्टा र पेटमा २–२ गोली लागेको छ ।
घाइते मनसुल्लाको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भईरहेको छ ।
मोटरसाइकलमा आएका दुई जनाले गोली प्रहार गरेको स्थानीयहरुले जनाएका छन् । घटनाबारे प्रहरीले अनुसन्धान भईरहेको जनाएको छ ।
Comments