असोज ११ । चुनावी अन्तरिम मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीलाई पदबाट हटाउनका लागि दबाब दिन भन्दै राष्ट्रसंघमा पत्र पुगेको छ ।

नेपाल वार एशोसिएसनले रेग्मी न्युयोर्क प्रस्थान गर्नु केही घण्टाअघि संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुनको कार्यालयमा पत्र दर्ता गराएको थियो ।

राष्ट्रसंघमा दर्ता भएको पत्रमा खिलराज रेग्मी शक्ति पृथक्कीकरणको सिद्धान्त विपरीत प्रधानन्यायाधीश र सरकार प्रमख दुबै पदमा रहेकाले उनलाई राजीनामाका लागि सम्झाइदिन मुनसमक्ष आग्रह गरिएको छ ।

न्यायपालिका र कार्यपालिकोका प्रमुखमा एउटै व्यक्ति रहन नसक्ने भन्दै  यसबाट शक्ति पृथक्कीरकणको उल्लंघन भएको पत्रमा उल्लेख गरिएको छ ।

राष्ट्रसंघको महासभामा यसबारे कुरा उठाइदिन हुन र रेग्मीलाई प्रधानन्यायाधीशबाट राजीनामा गर्न दबावका लागि सम्झाइदिन पत्रम माग समेत गरिएको छ ।

अध्यक्ष रेग्मी गएराती राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क प्रस्थान गरेका थिए ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।