काठमाडौं । खानेपानी मन्त्री मणि थापालाई विद्यार्थीले कालो झण्डा देखाएका छन् । नेकपा प्रचण्ड–माधव समूहका अखिलले जाजरकोटमा मन्त्री थापालाई कालो झण्डा देखाएको हो । ओली समूहको पार्टी प्रशिक्षणका लागि उनी जाजरकोट पुगेका हुन् ।
जाजरकोटबाट नेपालगञ्ज फर्कने क्रममा मन्त्री थापालाई जाजरकोटको भेरी नगरपालिका-४ बोहरामा अखिलका कार्यकर्ताहरुले कालो झण्डा देखाएका हुन् । संसद् विघटन भएपछि उनी खानेपानी मन्त्री नियुक्त भएका हुन् ।
Comments