असोज ११ । अनेरास्ववियुको २१औँ महाधिवेशनबाट किशोरविक्रम मल्ल अध्यक्षमा विजयी भएका छन् ।

बिहीबार सम्पन्न मतगणना परिणामअनुसार मल्लले लम्साललाई ६३ मतको अन्तरले पछि पार्दै अध्यक्षमा विजय हासिल गरेका हुन् ।

मल्लले ५ सय ८६ मत पाएर विजय भएका हुन् । उनका प्रतिद्वन्द्वी लम्सालले ५ सय २३ मत ल्याएका छन् ।

मल्ललाई पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र केपी शर्मा ओली तथा लम्साललाई पार्टी अध्यक्ष झलनाथ खनालको सर्मथन गरेका थिए ।

उपाध्यक्षमा ऐन महर, थोमस बाँस्तोला र दीपक गौतम निर्वाचित भएका छन् । महर मल्ल प्यानलका हुन् भने बाँस्तोला र गौतम लम्साल समूहका मानिन्छन् ।

महासचिवमा लम्साल प्यानलकी नवीना लामा निर्वाचित भएकी छिन् ।

यसैगरी सचिवमा महेश बर्तौला, अब्दुल हुसेन, राधिका खतिवडा, भक्तकुमारी लामा र सरोज यादव निर्वाचित भएका छन् । त्यस्तै कोषाध्यक्षमा रश्मि आचार्य निर्वाचित भइन् ।

पार्टी कार्यालय बल्खुमा बुधबारबाट सुरु भएको मतगणना बिहीबार साँझ मात्र सकिएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।