असोज ११ । हत्या अभियोगमा जेलमा रहेका पूर्वमन्त्री श्यामसुन्दर गुप्ताले योजनाबद्ध रुपमा प्रहरीलाई विषाक्त खाना खुवाएको खुल्न आएको छ ।

 गुप्ताले योजनावद्ध रुपमा प्रहरीलाई विषादीयुक्त खाना दिएको प्रहरी अनुसन्धानले देखाएको हो ।

गुप्ताका छोराले दरबारमार्गस्थित केएफसीबाट ल्याएको मासु प्रहरीलाई मात्र खान दिएको दिएको लगायतका कारणले घटनामा गुप्तामाथि शंका गर्ने धेरै आधार देखिएको बताइएको छ ।
महानगरीय प्रहरी आयुक्त कार्यालयले गरेको प्रारम्भिक अनुसन्धानले घटना योजनवद्ध हुनसक्ने आँकलन गरेर अनुसन्धान गरिरहेको छ ।

खाना र कोल्डड्रिंकस खाएर केही प्रहरी बेहोस भइसकेपछि गुप्ताका छोरा भाष्करले बिरामी भएको नाटक गरेको हुनसक्ने प्रहरी अनुसन्धानमा देखिएको नयाँ पत्रिकाले खबर छापेको छ ।

प्रारम्भिक अनुसन्धानमा शंकास्पद देखिएपछि अस्पतालमै रहेका गुप्ताका छोरा भाष्करलाई प्रहरीले नियन्त्रणमा राखेको छ । गुप्ता भने बिहीबार डिल्लीबजार कारागार फर्किसकेका छन् । घटनाकव छानबिन गर्न महानगरीय प्रहरी आयुक्त कार्यालयले बिहीबार एसएसपी हेमन्त पालको नेतृत्वमा तीन सद्स्य छानबिन समिति गठन गरेको छ ।

 सुन्धारास्थित केन्द्रीय कारागारमा रहेको अन्तर्राष्ट्रिय कुख्या अपराधी चाल्र्स गुरुमुख शोभराज प्रहरीलाई विषादी मिसाइएको खाना खुवाएर नै भारतको जेलबाट भाग्न सफल भएका थिए । उनले आफ्नो जन्मदिनको पार्टीमा फलफूलमा विष मिसाएर प्रहरीलाई बेहोस पारी सन् १९८६ मा भाग्न सफल भएका थिए ।

गुप्ताले पनि त्यहीँ सिको गरेको प्रहरीको अनुमान छ । उनले योजनाबद्ध रुपमा नै अस्पताल भर्ना भएको र भाग्ने प्रयास गरेको प्रहरी अधिकारीको आशंका छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।