काठमाडौं। विगत केही दिनदेखि नेपाली बजारमा लगातार घटिरहेको सुनको भाउ आज (मंगलबार) बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको भाउ तोलामा ६०० रुपैयाँ बढेको जनाएको छ । यो बढोत्तरीसँगै आज प्रतितोला छापावाल सुन ९२ हजार ८०० रुपैयाँ र तेजाबी सुन ९२ हजार ३०० रुपैयाँ मा खरिद विक्री भएको छ ।

तर हिजो ९सोमबार० सुनको भाउ तोलामा ८०० रुपैयाँ घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन ९२ हजार २०० रुपैयाँ र तेजाबी सुन ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।

गत आइतबार भने सुनको भाउ तोलामै २ हजार ३०० रुपैयाँले गिरावट आएको थियो । यो दिन प्रतितोला छापावाल सुन ९३ हजार रुपैयाँ र तेजाबी सुन ९२ हजार ५०० रुपैयाँमा झरेको थियो। आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँ बढेर १ हजार २५० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ४० रुपैयाँ घटेर १ हजार २३० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ गत आइतबार भने तोलामै ६० रुपैयाँ घटेको थियो।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।