संसद विघटनको विरोधमा नागरिक सभा

काठमाडौं । संसद विघटनविरूद्ध नागरिक अगुवाहरूले आज प्रज्ञा प्रतिष्ठान डबलीमा विरोध सभा गर्ने भएका छन्। प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछि त्यसको विरोधमा सुरू भएको वृहत् नागरिक आन्दोलनले ‘नागरिक सभा’ गर्न लागेको हो।
मंगलबार दिउँसो २ बजे आयोजना हुने ‘नागरिक सभा’मा नागरिक अगुवाहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सभामा नागरिक अगुवा कृष्ण पहाडी, बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, सडक विस्तार विरोधी अभियन्ता विद्या श्रेष्ठ, डा. मुक्तसिंह तामाङ, सिएन थारू र अपांगता समुदायका प्रतिनिधि भोजराज श्रेष्ठलाई वक्ता राखिएको छ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।