पर्वत । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीको कटाक्ष गरेका छन् । उनले अदालतलाई आफ्नो विवेक प्रयोग गर्न वञ्चित गराउने, प्रभावित पार्ने ढंगले कसैले पनि अभिव्यक्ति दिन नहुने बताएका छन् ।

पर्वतको फलेबास नगरपालिका–शंकरपोखरीमा सहिद हरिदत्त तिवारीको १८ औं स्मृति सभालाई बिहीबार सम्बोधन गर्दै सभापति देउवाले प्रधानमन्त्री, राष्ट्रपतिले अदालतलाई प्रभावित पार्न खोजेको भन्दै आपत्ति जनाए । ‘अदालतलाई निर्देशन दिन प्रधानमन्त्रीले पाउँछ ? राष्ट्रपतिले पाउँछ ? प्रधानमन्त्रीज्यूले सडकमा बहस गर्दै हिँड्नुभएको छ । अदालतमै वकिल राखेर बहस गर्नुस् । किन सडकमा बहस गर्दै हिँड्नुभएको छ ?’

सर्वोच्च अदालतमा विचाराधीन मुद्दाका बारेमा बोल्न नमिल्ने भन्दै देउवाले ओली त्यसको खिलापमा उत्रिएको आरोप लगाए । ‘अदालतमा विचाराधीन मुद्दामा ओलीले यो गर र त्यो गर भन्दै हिँडेका छन् । संविधानको व्याख्या गर्ने अधिकार अदालतको हो ।’ उनले भने ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।